गृहपृष्ठ युक्रेन संकटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

युक्रेन संकटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

युक्रेन संकटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् । यस हप्ता राष्ट्रपति बाइडेनले ब्रसेल्सको बैठकपछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जी ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् । मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ । 'राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ,' ह्वाइटहाउसले उल्लेख गरेको छ । मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नेछन् ।

मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनेछन् । राष्ट्रपतिले नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नको लागि कडा प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु