गृहपृष्ठ सीआइबीको निगरानीमा प्रियंका, क्रिप्टोकरेन्सी कारोबार गरेको आशंका

सीआइबीको निगरानीमा प्रियंका, क्रिप्टोकरेन्सी कारोबार गरेको आशंका

सीआइबीको निगरानीमा प्रियंका, क्रिप्टोकरेन्सी कारोबार गरेको आशंका

नायिका प्रियंका कार्कीमाथि प्रहरीले अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार गरेको आशंकामा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान सुरु गरेको हो ।

कार्कीलाई सीआइबीले यो विषयमा सोधपुछका लागि आइतबार बोलाएको थियो । उनीमाथि अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको आरोप छ । त्योबाहेक कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंकामा अनुसन्धान थालिएकाे सीआइबीले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । गतसाता मात्रै राजस्व अनुसन्धान विभागले मोरङका दुई जनाविरुद्ध अदालतमा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा १० करोड जरिवानाको माग गरेर मुद्दा दायर गरेको थियो ।

त्यसअघि विभागले कैलालीका चार जनामाथि ३७ करोडको जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको छ । हालसम्म क्रिप्टोकरेन्सीको कारोबार सम्बन्धमा मुद्दा दायर भएका घटना यी दुई हुन् ।

प्रकाशित समय : २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु