global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सस्तिँदै सुनको मूल्य, तोलाको ९९ हजार २०० तोकियो

सस्तिँदै सुनको मूल्य, तोलाको ९९ हजार २०० तोकियो

सस्तिँदै सुनको मूल्य, तोलाको ९९ हजार २०० तोकियो

सुनचाँदीको भाउमा साताको पहिलो दिन आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

आजका लागि छापावाला सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा चाँदी भाउ तोलामा १० रुपैयाँले घटेर आइतबार तोलाको १ हजार ३७५ रुपैयाँ भाउ निर्धारण गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु