गृहपृष्ठ मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह
मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र-१० ले आज यहाँ आयोजना गरेको 'पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी' विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताए ।
'केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो', उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताए । उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई संकट पर्दा निकास दिँदै आएको उल्लेख गरे ।
प्रकाशित समय : २२:०४ बजे