गृहपृष्ठ नेपाल आयल निगमको साधारण सभा चैत २५ गते

नेपाल आयल निगमको साधारण सभा चैत २५ गते

नेपाल आयल निगमको साधारण सभा चैत २५ गते

नेपाल आयल निगम लिमिटेडले चैत २५ गते शुक्रबार ४०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, टेकु, काठमाडौँमा दिउँसो १ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले ४०औँ साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु