गृहपृष्ठ होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ – मुख्यमन्त्री शाही

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ – मुख्यमन्त्री शाही

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवर्धन गर्ने बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवर्धनमा थप टेवा पुर्‍याउने बताए ।

खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्‍याउने उनको विश्वास छ । मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, 'होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसंगति र कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माणमा मद्दत पुर्‍याउनेछ ।'

यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइँदैछ ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु