गृहपृष्ठ ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

बराहक्षेत्र नगरपालिका-५ सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट ३ थान भरुवा बन्दुकसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र सोही नगरपालिका-३ देवीथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् । जनजागृति सामुदायिक वनको पोखरीनजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी भराैलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु