गृहपृष्ठ प्रमोदको ‘रस छ फूलैमा’ सार्वजनिक (भिडियो)

प्रमोदको ‘रस छ फूलैमा’ सार्वजनिक (भिडियो)

प्रमोदको ‘रस छ फूलैमा’ सार्वजनिक (भिडियो)

प्रमोद पन्तको नयाँ गीत सार्वजनिक भएको छ । सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको ‘रस छ फूलैमा’ बोलको गीत सार्वजनिक भएको हो । डा. सदानन्द कँडेलको शब्दलाई प्रमोद पन्तले संगी भरेका हुन् भने संगीत संयोजन रिदम कँडेलले गरेका हुन् ।

गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई सन्तोष तिमल्सिना र विपिन चौलागाईले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

पेशाले शैक्षिक अनुसन्धानकर्ता रहे पनि हाइकु र नियात्रा लेखनमा सक्रिय रहेका गीतकार कँडेलको सार्वजनिक भएको यो दोस्रो गीत हो । यसअघि उनकै लेखनमा निस्वार्थी माया आमाको बोलको गीत अन्जु पन्तको आवाजमा सार्वजनिक भइसकेको छ। गीतको भिडियो पीपीएम क्रियसन युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस् : 

 

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु