गृहपृष्ठ बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिहरुलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ । उक्त कार्याक्रम सञ्चालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ सामग्री निमार्ण गरी यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको जनाएकाे छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८५ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु