global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल-युएई संयुक्त समितिको बैठक आज

नेपाल-युएई संयुक्त समितिको बैठक आज

नेपाल-युएई संयुक्त समितिको बैठक आज

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।

भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सुरक्षा, पारिश्रमिक वृद्धि र पर्यटन भिसामा आएर अलपत्रमा परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु