nmb bank

गृहपृष्ठ साफको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

साफको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

साफको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

साफ यू-१८ महिला च्याम्पियनसिप फुटबल आज (मंगलबार)बाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउँछन्।

घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ, प्रशिक्षक दर्शनले भने । भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु