गृहपृष्ठ नेपाल बोटल वाटर उद्योग संघका अध्यक्षमा गौतम
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्षमा गौतम

पानी व्यवयासीको छाता संगठन नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा ध्रुवबहादुर गौतम निर्वाचित भएका छन् ।
संघकाे हालै सम्पन्न छैटौँ अधिवेशनमा उनका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघकाे वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित भए ।
यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी भएका हुन् । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिए । हाल देशभर संघमा ५८६ उद्योग आबद्ध छन् ।
प्रकाशित समय : १५:०६ बजे