गृहपृष्ठ साउदी अरबका विदेशमन्त्री फैसल आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री फैसल आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री फैसल आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग १ गते भेट गर्ने छन् । उनी हाल श्रीलंका भ्रमण गरी नेपाल आउन लागेका हुन् ।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु