गृहपृष्ठ सोनी एलआइभी र टेलिनेटबीच साझेदारी
सोनी एलआइभी र टेलिनेटबीच साझेदारी
सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङच्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् ।
यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामग्रीहरुको ठूलो भण्डार समावेस रहेको कम्पनीले जनाइएको छ । नेपालका ग्राहकले http://www.gfsarena.com वेवसाइटमा गई SonyLIV को सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ । नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक-पुनविक्रेता हो । SonyLIV का सव्सक्राइबरले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री आदि यहि प्लाटफर्ममार्फत हेर्न सक्नेछन् । प्रयोगकर्ताले यी सामग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टिभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले ५ वटासम्म प्रोफाइल बनाउन पाउछन् ।
रमेश कर्पको इकाई टेलिनेट प्रालि नेपालमा स्थापित आइटी कम्पनी हो । जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ प्लाटफर्म उपलब्ध गराउँदछ । रमेश कर्प नेपालको एक अग्रणी कम्पनी हो । म्यानुफ्याक्चरिङ डिभाईस, बैकिङ तथा बिमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो । यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता-केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्ने टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुदको भनाइ छ ।
प्रकाशित समय : १९:५८ बजे