गृहपृष्ठ कामना सेवाको ‘एनआरएन बचत खाता’ सञ्चालनमा
कामना सेवाको ‘एनआरएन बचत खाता’ सञ्चालनमा
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरुका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैकिङको सुविधा रहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खातामार्फत् खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाइनेछ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ ।
प्रकाशित समय : २३:५७ बजे