nmb bank

गृहपृष्ठ ज्योति लाइफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाइफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाइफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न 'ज्योति बट' सेवा सुचारु गरेको छ । अब उप्रान्त ज्योति लाइफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत् स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योतिलाइफले कम्पनीले जानकारी गराएको छ ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । साथै कम्पनीका विभिन्न सेवाहरु बिमित र अभिकर्तासम्बन्धि जानकारी, कम्पनीको बिमा योजनासम्बन्धि जानकारी र  सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाइन भुक्तानी, डाउनलोडहरु तथा अन्य सेवाहरु उपलब्ध छन् । यसैगरी कम्पनीले आगामी दिनहरुमा उक्त च्याटबटमा थप सुविधाहरु राख्दै सो सेवा हरुलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ । 
 

प्रकाशित समय : ०३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु