nmb bank

गृहपृष्ठ संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘हत्या’

संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘हत्या’

संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘हत्या’

संखुवासभाको मादी नगरपालिका- १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । उनीहरुको सामूहिक हत्या भएको हुनसक्ने स्थानीयहरुको भनाइ छ । साेमबार बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र सकुशल छन् । बौद्धमानका ८४ वर्षीया श्रीमती पार्वता, ५२ वर्षीय छोरा तेजकुमार, ५० वर्षीया बुहारी कमला, २५ वर्षीया नातिनी बुहारी रञ्जना, पनाति ९ वर्षीय दिपेन कार्की र पनातिनी ७ वर्षीया गोमा मृत फेला परेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।

घटनाकाे प्रकृति हेर्दा हत्या नै भएकाे हुनसक्ने वडाध्यक्ष कटुवालकाे भनाइ छ । ‘म अहिले घटनास्थलमै छु । एकै परिवारका ६ जनाकाे विभत्स हत्या भएकाे छ,’ उनले न्युज काराेबारसँग भने, ‘तेजकुमारकाे शव घरनजिकै सडकमा भेटिएकाे छ । कमला र रञ्जनाकाे शव भने घरछेउकाे खाेलामा छ । सानाे नानीहरूकाे शव घरमाथि खरबारीमा छ । पार्वताकाे शव चाहिँ घरभित्रै छ ।’ घटनास्थलमा मकैबारी माडिएकाे, चुरा फुटेकाे भेटिएकाले हत्या भएकाे हुनसक्ने वडाध्यक्ष कटुवालकाे भनाइ छ । ‘लखेटी-लखेटी आक्रमण गरेकाे देखिन्छ । शरीरमा धारिलाे हतियारले प्रहार गरेकाे चाेट छ । रगत बगेकाे छ । छेउमा पुगेर हेर्न सक्ने अवस्था नै छैन,’ उनले भने । उनका अनुसार नजिकैकाे प्रहरी चाैकीबाट पुगेकाे प्रहरी टाेलीले घटनास्थलकाे सुरक्षा गरिरहेकाे छ ।

घटनास्थलमा थप प्रहरी टाेली गइरहेकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले बताए । ‘घटनाबारे प्रारम्भिक जानकारी मात्र आएकाे छ । हाम्राे टाेली पुगेपछि मात्र विस्तृत विवरण प्राप्त हुन्छ,’ उनले भने ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु