nmb bank

गृहपृष्ठ सत्ता गठबन्धन कार्यदलको बैठक जारी, मन्त्रिमण्डल विस्तारबारे छलफल

सत्ता गठबन्धन कार्यदलको बैठक जारी, मन्त्रिमण्डल विस्तारबारे छलफल

सत्ता गठबन्धन कार्यदलको बैठक जारी, मन्त्रिमण्डल विस्तारबारे छलफल

सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न आज बिहान बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यस्तै जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् । आज बिहान बसेको कार्यदलको बैठकले मन्त्रिमण्डल विस्तारका लागि गठबन्धनमा सामेल दलहरुको सिफारिस बारे छलफल गर्ने बताइएको छ ।

सत्ता गठबन्धनमा सामेल जसपा र माओवादी केन्द्रले अहिलेसम्म मन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । त्यस्तै नेकपा एमालेको माधव नेपाल समूहले भने सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु