Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

बस दुर्घटना हुँदा ११ घाइते

न्युज कारोबार बागलुङ साउन १८, २०७८       

बस दुर्घटना हुँदा ११ घाइते

बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका- १, सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा. ५ ख १५५३ नम्बरको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट- १, काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु