Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

टोकियो ओलम्पिकको नवाैं दिन : चीनको अग्रता कायमै

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

टोकियो ओलम्पिकको नवाैं दिन : चीनको अग्रता कायमै

जापानकाे राजधानी टाेकियाेमा जारी ३२औं गृष्मकालीन ओलम्पिकको नवौं दिन सकिँदा कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको नवौं दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ ।

चीनलाई अमेरिकाले पछ्याइरहेको छ । चीनले २४ स्वर्ण पदकसहित कुल ५१ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण पदकसहित कुल ५९ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।

अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पिक टिमले १२ स्वर्णसहित कुल ४४ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै ग्रेट ब्रिटेनले १० स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ५/५ स्वर्ण जितेको छ । इटाली, नेदरल्यान्ड्स, जर्मनी, चेक रिपब्लिक र न्युजिल्याण्डले ४/४ स्वर्ण पदक जितेको छ  ।

क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ । २ स्वर्ण जित्ने राष्ट्रमा चाइनिज ताइपेइ, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार र स्लोभानिया रहेको छ । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या ३० पुगेको छ ।

सम्बन्धित खबरहरु