Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

'ए' डिजिभन लिग फुटबल कात्तिक अन्तिमदेखि, पुरस्कार राशि बढ्यो

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

'ए' डिजिभन लिग फुटबल कात्तिक अन्तिमदेखि, पुरस्कार राशि बढ्यो

सहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि 'ए' डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले ७५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले ५० लाख पाउने गरेको थियो ।

यस्तै लिग उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । लिगको अंकतालिकाको पुछारमा रहने दुई टोली 'बी' डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् ।

सम्बन्धित खबरहरु