Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

ज्योति विकास बैंकको 'ज्योति स्मार्ट सेभिङ' बचत खातामा ३ सुविधा

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

ज्योति विकास बैंकको 'ज्योति स्मार्ट सेभिङ' बचत खातामा ३ सुविधा

ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत योजना सार्वजनिक गरेको छ ।

बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउनेछन् :

•    नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क
•    नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क 
•    नि:शुल्क सि-आस्वा 
•    नि:शुल्क मोबाइल बैंकिङ सेवा 
•    नि:शुल्क इन्टरनेट बैंकिङ सेवा 
•    नि:शुल्क डेबिट कार्ड

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ खाता बैंकको सम्पूर्ण १०५ शाखा र अनलाइनमार्फत पनि खोल्न सकिने छ ।

ज्योति विकास बैंक ग्राहककेन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित खबरहरु