Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे पेरिस डाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने माओवादीका एक नेताले बताए ।

उनका अनुसार पार्टीमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल वा कृष्णबहादुर महरामध्ये एकको नेतृत्वमा सरकारमा पठाउने विषयमा छलफल भएकाे छ । यद्यपि अन्तिम टुंगो भने आजको बैठकले लगाउने उनको भनाइ छ । यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले पार्टीले सरकारमा सहभागी हुनेको नाम लगभग टुंगो लगाइसकेको बताएका थिए ।

सम्बन्धित खबरहरु