Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मध्य भोटेकोशीको साधारण सेयर बिक्री म्याद थप

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

मध्य भोटेकोशीको साधारण सेयर बिक्री म्याद थप

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रहबमोजिम आवेदन गर्ने समय बढाइएको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।

यसअघि यही साउन १७ गतेसम्म साधारण सेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रतिसेयर अंकित मूल्यका ६० लाख कित्ता साधारण सेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ । त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ । साधारण सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म सेयर आवेदन दिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण सेयरमा आवेदन दिन पाउने व्यवस्था छ ।

आयोजना कुल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित खबरहरु