Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

तीन विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक, हाेला त वारपार ?

न्युज कारोबार काठमाडौं साउन १६, २०७८       

तीन विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक, हाेला त वारपार ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ । केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए । उनका अनुसार यी एजेन्डाहरू असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको तय गरेकाे थियाे ।

यसअघि, अध्यक्ष केपी शर्मा ओलीले एकताको प्रयासमा रहेका आफूपक्षीय नेताहरुलाई शनिबारसम्म 'वारपार' गर्ने निर्देशन दिएका थिए । त्यसैले आजकाे बैठकमा महत्वपूर्ण निर्णयहरू हुनसक्ने अनुमान गरिएकाे छ ।

 

सम्बन्धित खबरहरु