Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

'ताप्लेजुङ १०१ फोटो' प्रकाशित

न्युज कारोबार काठमाडौं साउन १६, २०७८       

'ताप्लेजुङ १०१ फोटो' प्रकाशित

ताप्लेजुङकाे पर्यटन प्रवर्द्धनका लागि प्रचार प्रसार गर्ने उद्देश्यले ‘ताप्लेजुङ १०१ फोटो’ नामक टेवल बुक प्रकाशन गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले जिल्लाभित्रका विभिन्न स्थानको अनलाइनमार्फत प्राप्त एक हजारभन्दा बढी फोटोमध्ये उत्कृष्ट छनौटमा परेका १०१ फोटो प्रकाशन गरेको हो ।

फोटोमा जिल्लामा रहेका पर्यटकीयस्थल, बस्ती, गाउँ सहर, प्राकृतिक, सांस्कृतिक धार्मिकस्थल, सम्पदा, वनस्पति, पशुपक्षी, ऐतिहासिक महत्वका स्थल र पौराणिक वस्तु समेटिएको छ । ताप्लेजुङ १०१ फोटो सार्वजनिक गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसले जिल्लाको पहिचानका साथै पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्राकृतिक सौन्दर्यता, जातीय र सांस्कृतिक विविधतायुक्त जिल्लाको अथाह पर्यटकीय सम्भावनालाई उजार गरी पर्यटक आकर्षण गर्न जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा‍. धनञ्जय रेग्मीले ताप्लेजुङको समग्र पर्यटन विकासका लागि प्रचारप्रसार गरिनुपर्ने खाँचो औंल्याए । छनौट भएका फोटोमध्ये सर्वोत्कृष्ट फोटोलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

सम्बन्धित खबरहरु