Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

न्युज कारोबार काठमाडौं साउन १६, २०७८       

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो तथा राति दुवै समय देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

अहिले (शनिबार बिहान) पनि प्रदेश १ का केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । बुलेटिनअनुसार दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ । यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु