Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिको बधाई

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रबार हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताए । यस्तै कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचार विमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबारै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच पारस्परिक हितका विषयसहित कोभिड-१९ विरुद्धको सहयोग एवं ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु