Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

छोराको हत्याको आरोपमा आमा-बुवा पक्राउ

न्युज कारोबार महोत्तरी साउन १५, २०७८       

छोराको हत्याको आरोपमा आमा-बुवा पक्राउ

महोत्तरीमा पाँच वर्षीय छोराको हत्याको आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रामगोपालपुर नगरपालिका-६ विशम्भरपुरका चन्द्रकिशोर यादव र उनकी कान्छी श्रीमती रागनी देवीले पाँच वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ छ ।

महोत्तरीका डीएसपी प्रकाश विष्टका अनुसार बुधबार साँझदेखि रितेश हराएपछि चारैतिर खोजतलास गर्ने क्रममा बिहीबार बिहान घरभन्दा ५० मिटर टाढा परालले छोपेको अवस्थामा रितेशको शव फेला परेको थियो । शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले खोजी गरेको थियो ।

चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसँग मागी विवाह भएको थियो । पहिलो श्रीमतीको दुई छोरा भए पनि चन्द्रकिशोरले एक वर्ष पहिले रागनी मुखियासँग दोस्रो बिहे गरेका थिए । चन्द्रकिशोरले दोस्रो विवाह गरेपछि घरमा दैनिक रूपमा झगडा हुन् थालेपछि दुवै छोरालाई बुवाकै जिम्मा छोडी केही समययता आमा माइती बस्दै आएकी थिइन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

सम्बन्धित खबरहरु