Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

अफगानिस्तानमा सुरक्षा कारबाहीको क्रममा मारिए १०० लडाकू 

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

अफगानिस्तानमा सुरक्षा कारबाहीको क्रममा मारिए १०० लडाकू  फाइल तस्बिर

अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएकोसमेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ ।

अफगानको सुरक्षा बलले पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । सुरक्षा बलका अनुसार ४७ जना घाइते भएका छन् । हेरातकै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् । (एजेन्सी)

सम्बन्धित खबरहरु