Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

प्रदेश १ मा थप ११४४ जनामा संक्रमण

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

प्रदेश १ मा थप ११४४ जनामा संक्रमण सांकेतिक तस्बिर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६/१६, उदयपुरमा चार, खोटाङ र संखुवासभामा दुई/दुई, ताप्लेजुङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा आज ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु