Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

थप ३६११ जना कोरोना संक्रमण, २७ जनाको निधन

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

थप ३६११ जना कोरोना संक्रमण, २७ जनाको निधन

पछिल्लो २४ घण्टामा तीन हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा एक हजार १४४ गरी तीन हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६८६जना आइसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्षमुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु