Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् परियोजना तर्जुमा तालिम

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् परियोजना तर्जुमा तालिम

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभिबृद्धि प्रशिक्षण आयोजना गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) द्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाईमार्फत् सञ्चालन भएको थियो । यस प्रधानमन्त्री रोजगार कार्यक्रमले आइएलओको सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभिबृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रालिले इलर्निङ प्लाटफर्ममार्फत् कर्मचारीलाई १० दिने तालिम सञ्चालन गरेको थियो ।

७५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू, र सञ्चारको सिद्धान्तबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीहरुलाई दैनिक ४ समूहमा विभाजन गरी जुलाई २० देखि २९ सम्म तालिम सञ्चालन गरेको थियो । उक्त तालिमको प्रशिक्षकका रुपमा ४ प्रमुख व्यक्तित्वहरु कार्यक्रममा जोडिएका थिए । उद्धवप्रसाद कोइराला, उद्धवराज पौडेल, बाबुराम राणाभाट एवं किरण चालिसे ले तालिमको सञ्चालन गरेका थिए । उनीहरु सबै जनासँग परियोजना प्रशिक्षण, म्यापिन र कार्यान्वयनका लागि धेरै प्रशिक्षण कार्यक्रम र परामर्श सेवाहरूको नेतृत्व गरेको अनुभव छ ।

आफ्नो अनुभव साट्दै कर्मचारीहरुलाई कसरी आफ्नो कार्य प्रभावकारी रुपमा गर्न सकिन्छ भनेर पनि उनीहरुले तालिम दिएका थिए । उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रम, सिकाई र अनुभव, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका विषयहरु समावेश गरिएको थियो ।

रोजगार संयोजक र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय स्तरमा ठूलो परियोजना सञ्चालन गरिरहेका छन् । स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीका लागि नतिजामा आधारित परियोजना व्यवस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै सशक्त बनाउन झन् प्रेरित गरेको कुरा आयोजकले जनाएका छन् । यस प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आईएलओको सहयोगमा ग्लोकल प्रा.लिको एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गरेको थियो ।

सम्बन्धित खबरहरु