Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल बीच सम्झौता

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल बीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.सँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.बाट ग्राहकले फोटन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत् सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट सुविधा उपलब्ध हुनेछ । 

सम्बन्धित खबरहरु