Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । शुक्रबार ९० वर्षको उमेरमा काठमाडौंको गौशालामा निधन भएका सिंहप्रति दुःख व्यक्त गरेको हो ।

दार्चुलाको मार्मा गाउँपालिका-५ निवासी स्व. सिंह २०४८ सालमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । स्व. सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सिंहको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

सिंहको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, 'पूर्वसांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु-याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।'

सम्बन्धित खबरहरु