Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ पक्ष सर्वोच्चमा (रिटसहित)

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ पक्ष सर्वोच्चमा (रिटसहित)

निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार निर्वाचन आयोगको उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिने निर्णय खारेजीको मागसहित महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको हो ।

ठाकुरका पक्षबाट अधिवक्ता प्रदिपकुमार पाठकले शुक्रबार सर्वोच्चमा रिट दायर गराएका हुन् । सर्वोच्च अदालतले रिट दायर गरिसकेको र आइतबारका लागि पेसी तोकेको छ । महन्थ ठाकुरको वारेश बनेर अधिवक्ता पाठकले दायर गरेको रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरित भएको दाबी गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५ र ५१, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५, तथा प्रमाण ऐन, २०३१ को दफा ३, १४, २१, २५, २६, २८ र ३४ समेतले प्रदान गरेको कानुनी हक एवं नेपालको संबिधान, २०७२ को धारा १७, १८ को उपधारा (१) समेतबाट प्रदत्त मौलिक हक एवं धारा २६९ र २७० बाट प्रदत संवैधानिक हकमा आघात परेको पनि रिटमा दाबी गरिएको छ ।

महन्थ पक्षले सर्वोच्चमा दायर गरेको रिट :

सम्बन्धित खबरहरु