Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

भारतमा थप ४४ हजारमा संक्रमण, ५५५ जनाको निधन

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

भारतमा थप ४४ हजारमा संक्रमण, ५५५ जनाको निधन

भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ संक्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना संक्रमित अवस्थामै रहेका जनाएको छ । 

संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

एकैदिनमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले अहिले सक्रिय संक्रमितहरुको संख्या अघिल्लो दिनभन्दा बढी भएको छ । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । (एजेन्सी)

सम्बन्धित खबरहरु