Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तरमाथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।

प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको संघीय व्यवस्था अन्तर्राष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । 'संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति सिर्जना हुनुहुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन,' उनले भने ।

सम्बन्धित खबरहरु