Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकै दिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा तीन वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका-७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

त्यसैगरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । 

योसँगै अब मेगा बैंकको शाखा संख्या १८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ । 

सम्बन्धित खबरहरु