nmb bank

गृहपृष्ठ समता घरेलु लघुवित्तको चुक्ता पुँजी ४९.४५ प्रतिशत बढ्यो

समता घरेलु लघुवित्तको चुक्ता पुँजी ४९.४५ प्रतिशत बढ्यो

समता घरेलु लघुवित्तको चुक्ता पुँजी ४९.४५ प्रतिशत बढ्यो

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी ४९.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पुँजी मात्रै नभइ लघुवित्तको अधिकांश सूचकमा सुधार भएको देखिन्छ ।

वित्तीय विवरण समीक्षा अवधिमा जगेडा कोष ४३.११ प्रतिशतले बढेको छ भने लघुवित्तको सापटी ६०.६४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत र कर्जा ५७.९८ प्रतिशत बढेको जनाएको छ । त्यस्तै लघुवित्तको प्रतिसेयर आम्दानी अर्थात् ईपीएस ११.८ रूपैयाँ बढेर ३७.९४ रुपैयाँ पुगेको छ ।

त्यस्तै लघुवित्तको खुद नाफा १११.११ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्था ९२ लाख ऋणात्मक हुँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु