Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता फाइल तस्बिर

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर दार्चुलाको ब्यास गाउँपालिका-२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । बेपत्ता धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु