Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

३५५.१६ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

३५५.१६ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३५५.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा लघुवित्तको सूचकमा सुधार देखिएको छ ।

लघुवित्तको खुद नाफा बढेर ९ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ३४.४८ प्रतिशत बढेको छ भने लघुवित्तको सञ्चालन मुनाफा २९२.९४ प्रतिशत बढेको छ । त्यस्तै लघुवित्तको चुक्ता पुँजी ४०.२१ प्रतिशत बढेको छ भने जगेडा कोष ६१.५२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ४३.०३ प्रतिशत, निक्षेप १८.५७ प्रतिशत र कर्जा ३८.१६ प्रतिशत बढेको छ । खुद नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ । लघुवित्तको आम्दानी ३० रुपैयाँ ३० पैसा बढेर ४३ रुपैयाँ ७८ पैसा पुगेको हो ।

सम्बन्धित खबरहरु