Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

सुनको मूल्य ५ सय रुपैयाँ बढ्यो

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

सुनको मूल्य ५ सय रुपैयाँ बढ्यो

सुनको मूल्य शुक्रबार बढेको छ । छापावाला सुनकाे मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार नौ सय थियो । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

सम्बन्धित खबरहरु