Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे‘ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे)बीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरेबापत ३ रुपैयाँ प्रदान गरिनेछ र सो रकम भुक्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ ।

साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापश्चात अबदेखि ग्रीन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछन् । आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे)को साइकल यात्रा प्रवर्द्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई पे’को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा सुरुआत गरिएको उपलक्ष्यमा बोल्दै साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे)का अध्यक्ष शैलेन्द्र डंगोलले साइकल यात्रा प्रवर्द्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबरहरु