गृहपृष्ठ वडासचिवमाथि सांघातिक आक्रमण
वडासचिवमाथि सांघातिक आक्रमण
नगराइन नगरपालिका-५ गंगुलीका वडासचिव सुबोध झामाथि कार्यालयमै साउन सांघातिक आक्रमण भएको छ । सोमबार सोही ठाउँ बस्ने ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा, ३० वर्षीय आलोककुमार झालगायतका व्यक्तिले सांघातिक आक्रमण गरेका हुन् ।
सोमबार दिउँसो करिब २ बजे जाँडरक्सी सेवन गरेका आरोपितहरुले वडासचिवको कार्यकक्षमै पसेर सांघातिक हमला गरेको पीडित सचिवले बताए । जाँडरक्सी खाएर कार्यालयमा प्रवेश गरेका उनीहरुले आधारभूत स्वास्थ्यका कर्मचारीलाई समेत दुर्व्यवहारका साथै अस्लिल गालीगलौज गरेका थिए । घटनापछि नगराइन नगरपालिकाका ९ वडाका सचिवहरु कार्यालयको कामकाज बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वडासचिवको कार्यकक्षमै पुगेर आक्रमण घटना हुनु निकै दुःखद र निन्दनीय रहेको वडासचिव धर्मेन्द्र मिश्रले बताए ।
आरोपितलाई गिरफतार गरि हदैसम्मको कानुनी कारबाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत् जिल्ला प्रहरी कार्यालय धनुषामा बुधबार उजुरी दिएका छन् ।अहिलेसम्म आरोपितहरुलाई राजनीतिक संरक्षण दिँदै गिरफ्तार नगरिएको पीडित सचिवले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनाबारे अनुसन्धान भइरहेको र आरोपीको खोजी भइरहेको छ ।
प्रकाशित समय : ०१:०७ बजे