गृहपृष्ठ थप ३३६५ जनामा कोरोना संक्रमण, १६ जनाको निधन
थप ३३६५ जनामा कोरोना संक्रमण, १६ जनाको निधन
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षणमा एक हजार ३० जना गरी तीन हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने एक हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय : २३:२२ बजे