nmb bank

गृहपृष्ठ रुकुम घटनाका दोषी पक्राउ 

रुकुम घटनाका दोषी पक्राउ 

रुकुम घटनाका दोषी पक्राउ 

त्रिवेणी गाउँपालिका ४ रुकुमपश्चिममा गत ११ गते घटेको घटनाका दोषी पक्राउ परेका छन् । २६ वर्षीय मनकला खत्रीको हत्या गर्ने सोही जिल्लाका १५ वर्षीय किशोर पक्राउ परेका हुन् । सोमबार बेलुकी भैँसीलाई घाँस हाल्न गोठमा गएकी खत्रीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । घटना भएको सोही दिन स्थानीयले खोजतलास गर्दा घरनजिकै गणेशबहादुर खड्काको मकै बारीका मनकलाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा मृतकका जेठाजु गणेशबहादुर खड्काले बुधबार घटनाको सम्बन्धमा अनुसन्धान गरीपाउँ भनी जाहेरी दरखास्त दिएका थिए ।

सोही जाहेरीको आधारमा प्रतिवादीलाई नियन्त्रणमा लिइएको हो । प्रतिवादीले मनकलाको खुर्पाले हत्या गरी लगाएका गहनासमेत लगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । कार्यालयका अनुसार प्रतिवादीले घरमा लुकाई राखेका सुनका गहना र हत्या गर्न प्रयोग गरिएको खुर्पासमेत बरामद गरिएको हो । प्रतिवादीलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु