Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

एक वर्षमा चिया-कफीबाटै २२७ करोड रुपैयाँ नाफा

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

एक वर्षमा चिया-कफीबाटै २२७ करोड रुपैयाँ नाफा

नेपालको प्रमुख निर्यात वस्तुको रुपमा लिएको चिया-कफीबाट भने नेपालको वैदेशिक व्यापार उकालो लाग्दै गएको छ । गएको आर्थिक वर्षमा मात्रै दुई अर्ब २७ करोड ६० लाख ५९ हजार रुपैयाँ चिया-कफी निर्यात गरेरै नेपालले नाफा कमाएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले आयातको तुलनामा १२३ करोड रुपैयाँ बढी फाइदा गरेको हो ।

विभागका अनुसार आर्थिक वर्ष ०७७/७८ मा नौ अर्ब ४९ करोड १८ लाख ३१ हजार रुपैयाँको चिया–कफी आयात हुँदा ११ अर्ब ७६ करोड ७८ लाख ९० हजार रुपैयाँको निर्यात भएको हो । जसबाट दुई अर्ब दुई करोड १८ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

अघिल्ला वर्षहरु भन्दा गएको आवमा चिया-कफीबाट निकै फाइदा भएको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा पाँच अर्ब २७ करोड ५७ लाख ९ हजार रुपैयाँको चिया कफी आयात हुँदा आठ अर्ब तीन करोड ३२ लाख ५० हजार रुपैयाँको निर्यात भएको थियो । जसमा नेपाललाई फाइदा मात्रै पनि दुई अर्ब ७५ करोड ७५ लाख ४१ हजार रुपैयाँ भएको थियो ।

आर्थिक वर्ष ०७३/७४ मा भने चिया–कफी निर्यातभन्दा आयात बढेको देखिन्छ । प्रमुख निर्यात वस्तुको रुपमा लिएको चिया–कफी ०७३/७४ मा भने आयातको तुलनामा निकै कम निर्यात भएको थियो । तथ्यांकअनुसार सात अर्ब १९ करोड ६६ लाख ३० हजार रुपैयाँको आयात हुँदा सात अर्ब दुई करोड ४६ लाख ४९ हजार रुपैयाँको निर्यात भएको थियो । जसमा १७ करोड १९ लाख ८१ हजार रुपैयाँ घाटा भएको थियो भने एक अर्ब ४९ करोड ९७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

अघिल्लो वर्षको जस्तै आर्थिक वर्ष ०७४/७५ मा पनि आयातको तुलनामा चिया-कफीको निर्यात घटेको थियो । विभागका अनुसार १० अर्ब ७४ करोड ७८ लाख ८५ हजार रुपैयाँको चिया-कफी आयात हुँदा ९ अर्ब २० करोड १७ लाख ५७ हजार रुपैयाँको मात्रै निर्यात भएको थियो । सो अवधीमा चिया–कफीबाटै एक अर्ब ५४ करोड ६१ लाख २७ हजार रुपैयाँ व्यापार घाटा भएको थियो । राजस्व भने दुई अर्ब ११ करोड १४ लाख ७२ हजार रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७५/७६ पछिका तीन वर्षमा भने चिया-कफी निर्यातको ग्राफ उकालो लागेको छ । पछिल्ला तीन वर्षमा निर्यातको ग्राफ सन्तोषजनक रहेका उनले बताए । तरकारी प्लटिङजन्य वस्तुमा भने नेपालको निर्यात ग्राफ पछिल्लो दशक यता उकालै देखिन्छ । कम मात्रामा निर्यात भए पनि आयातको तुलनामा भने बढी नै निर्यात हुने गरेको प्रवक्ता घिमिरेले बताए । गत पाँच वर्षकै तथ्यांक हेर्ने हो भने तरकारी प्लटिङजन्य वस्तुमा वर्षेनी निर्यात बढ्दै गएको देखिन्छ । 

गएको आर्थिक वर्षमा पनि १८ करोड ६० लाख ८६ हजार रुपैयाँको तरकारी प्लटिङजन्य वस्तु आयात हुँदा ३६ करोड ४६ लाख ६० हजार रुपैयाँको निर्यात भएको थियो । जसमा १४ करोड ९६ लाख २० हजार रुपैयाँ नेपाललाई फाइदा भएको देखिन्छ । तरकारी प्लटिङजन्य वस्तुबाट पाँच करोड ७७ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

सम्बन्धित खबरहरु