Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मेलम्चीका बाढीपीडित सब-डिलरहरुलाई डिशहोमद्वारा आर्थिक सहयोग

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

मेलम्चीका बाढीपीडित सब-डिलरहरुलाई डिशहोमद्वारा आर्थिक सहयोग

गत असारको पहिलो सातामा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा आफ्ना डिलरको रुपमा जोडिएका व्यवसायीलाई डिशहोमले राहतस्वरुप आर्थिक सहयोग गरेको छ । त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अतिप्रभावित मेलम्चीका ५ जना सब-डिलरलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको छ ।

डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन् । बाढीबाट अतिप्रभावित सब-डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको डिशहोमले जनाएको छ । व्यवसायीहरुको पसलबाट सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स)मा समेत क्षति पुगेको थियो ।

यस राहत रकमको माध्यमबाट पीडित सब-डिलरहरुलाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसायलाई पुनः सुचारु गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित खबरहरु