Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

कर्णालीमा थप ४२ जनामा कोरोना 

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

कर्णालीमा थप ४२ जनामा कोरोना 

मंगलबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण थपिएको छ । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जना र र्‍यापिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जम्मा १९७ जनामा गरिएको परीक्षणमा ४२ जनामा भाइरस पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

योसँगै कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ६२६ पुगेको छ । हालसम्म प्रदेशभर २९ हजार ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २७ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भइसकेका हुन् । मंगलबार थप ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको निर्देशनालयको तथ्यांक रहेको छ । हालसम्म प्रदेशभर भाइरसको संक्रमणका कारण ३५१ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबरहरु